PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

प्रतिनिधिसभामा शून्य समय, सांसदले भने : नयाँ स्टक एक्सचेन्ज चाहिँदैन



पहिलोपोस्ट

प्रतिनिधिसभामा शून्य समय, सांसदले भने : नयाँ स्टक एक्सचेन्ज चाहिँदैन
फाइल फोटो

काठमाडौं : प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक नभएको बताएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा दाहालले सरकारले अहिले संचालनमा रहेको स्टक एक्सेन्जलाई सक्षम र सुदृढ बनाउनुपर्नेमा नयाँ ल्याउने तयारी गरेको भन्दै आलोचना गरेका हुन्।

उनले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउँदा पुँजी बजारमा असर पर्ने भन्दै भएका स्टक एक्सेन्जलाई आधुनिकीकरण गर्न माग गरेका छन्।

त्यस्तै, सांसद अञ्जना विशुङ्खेले संविधानले व्यवस्थाविरुद्ध संवैधानिक आयोगले पूर्वाग्रह राखेर जातीय तथा लैङ्गिक आरक्षण आवश्यक नभएको रिपोर्ट तयार गरेको भन्दै त्यस्तो रिपोर्टलाई तुरुन्त खोरज गर्न माग गरेकी छिन्। उनले जातीय तथा लैङ्गिक आरक्षण आवश्यक नभएको रिपोर्ट खोरज गर्दै समावेशी आयोगका पदाधिकारीलाई तत्काल स्पष्टिकरण सोधेर कारबाही गर्न माग समेत गरेकी छिन्।

प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनीले देश निर्वाचनको तयारीमा लागेर निर्वाचन आचार संहिता लागेको अवस्थामा समेत सरकारले राज्यको स्रोत साधन परिचालन गर्नेगरी संसदको म्याद थप गर्न लागेको भन्दै विरोध जनाए। उनले नेपाल ऐन संशोधन विधेयक फिर्ता गर्न माग समेत गरे।

सांसद धनश्याम खतिवडाले वर्तमान गठबन्धन सरकार किसानका समस्यामा गम्भिर हुन नसकेको बताए।  साथै, उसरकारले कृषि अनुदानका नाममा दुध र मासु उत्पादनको लागि लाइस स्टक इनोभेसन सेन्टरबाट अनुदान दिने कार्यविधि त्रुटीपूर्ण भएको भन्दै उनले सरकारले किसानको जीवनमा खेलबाड नगर्न सरकारको ध्यानाकर्षण गराए। 

त्यस्तै, सांसद कृष्णभक्त पोखरेलले वर्तमान गठबन्धन सरकारले बहुमतको घमण्ड देखाएर राष्ट्रपतिले सन्देशसहित राष्ट्रिय सहमतिको लागि दिएको मौका गुमाएको भन्दै इतिहासले धिकार्ने बताए। उनले चुनाव जित्नको लागि गठबन्धन नभएर साझा विचार र मुद्दाको लागि गठबन्धन गर्न सरकारको ध्यानाकर्षण गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell