PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

प्रतिनिधिसभाको कार्यकाल बढाउने विषयमा एमाले सहमत छैन : विशाल भट्टराई



पहिलोपोस्ट

प्रतिनिधिसभाको कार्यकाल बढाउने विषयमा एमाले सहमत छैन : विशाल भट्टराई

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराएका हुन्।

उनले सरकारले ल्याउन लागेको विधेयकका अनुसार प्रतिनिधिसभा भित्र दुई खाले सांसद हुने अवस्था आउने भन्दै विधेयक अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने बताए। प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको मनोनयन हुने दिन प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिने भएकाले सोही व्यवस्था मात्रै आफ्नो पार्टीलाई मान्य हुने उनको भनाइ थियो।

भट्टराईले एमालेसँग परामर्श गरेरै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल बढाउने गरी विधेयक ल्याएको भनेर कानुनमन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले भनेकोमा आपत्ति जनाएका छन्। एमालेले विधेयकका लागि सरकारलाई कुनै पनि सहमति नदिएको उनले बताए।

‘कानुनमन्त्रीज्यूले एक दिन बैठकमा बोलाउनु भएको थियो। हामीले भनको थियौँ- तपाईँले राखेको यो प्रस्तावप्रति नेकपा (एमाले)को विल्कुल समर्थन छैन। किनभने हामी यो नेपाल ऐनलाई संशोधन गर्ने क्रममा तपाईँले जे व्यवस्था गर्न खोज्नु भएको छ प्रतिनिधिसभाको कार्यकाल र प्रदेशको सभाको कार्यकाल सम्बन्धमा यस सम्बन्धमा हाम्रो गम्भीर आपत्ति छ। किनभने प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल चाँही प्रारम्भ चाँही सपथ गरेकै दिनबाट हुनुपर्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell