PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने व्यवस्था गरौँ : गगन थापा



पहिलोपोस्ट

मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने व्यवस्था गरौँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताएका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने बताएका हुन्।

'हामी जुन मनोनयन गर्छौं, त्योसँगसँगै हाम्रो आफ्नो पद जान्छ। सांसद पद जान्छ। र, कार्यकालको गणना गर्ने सन्दर्भमा पनि हामीले अन्तिम मत परिणाम जुन प्रकाशन हुन्छ, त्यसको दिनबाट गणना हुने गरिकन संशोधन भएर जाओस भन्ने कुरा मैले मैले आफ्नो संशोधन राखेको छु,' उनले भने। 

गगनले पछिल्ला केही समययता आएर सांसदहरु १-२ महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन भन्ने गलत सन्देश बाहिर गएको उल्लेख गर्दै संसद्लाई नै दाग लगाउने सन्देशहरु प्रवाह हुन नदिन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिनुपर्ने आवश्यक्ता रहेको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell