PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

प्रधानमन्त्री देउवा र भारतीय सेनाप्रमुख पाण्डेबिच भेट



पहिलोपोस्ट

प्रधानमन्त्री देउवा र भारतीय सेनाप्रमुख पाण्डेबिच भेट

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका सेना प्रमुख जनरल मनोज पाण्डेबिच आज शिष्टाचार भेट भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा देउवा र पाण्डेबिच भेट भएको हो।

आइतवार काठमाडौं आएका पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी थिइन्।

आज बिहान पाण्डेले माउन्टेन फ्लाइटबाट हिमालको दृश्य अवलोकन गरेका थिए। यस्तै, उनी शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमणमा पनि पुगेका थिए।

भोलि पाण्डे मुस्ताङको मुक्तिनाथ मन्दिर जाने कार्यक्रम रहेको छ। यस्तै, भोलि नै उनी पोखरास्थित नेपाली सेनाको मध्य कमान्ड हेडक्वाटरको निरीक्षण भ्रमणमा पनि जानेछन्। पाण्डेले काठमाडौंमा हनुमानढोका दरबार क्षेत्रका साथै पशुपति मन्दिर जाने गर्ने कार्यक्रम पनि रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell