PahiloPost

Jul 3, 2024 | २० असार २०८१

जिल्ला अदालत नवलपुरमा अभिनेता पल शाह केसको बहस जारी, के आज नै आउला फैसला?



पहिलोपोस्ट

जिल्ला अदालत नवलपुरमा अभिनेता पल शाह केसको बहस जारी, के आज नै आउला फैसला?

काठमाडौं : एक १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभिनेत पल शाहको मुद्दामा अन्तिम फैसलाको लागि बहस भइरहेको छ।

नवलपुर जिल्ला अदालतमा आज बिहानैदेखि शाहका पक्षमा वकिलहरुले बहस गरेका छन्। आज बसह सकिएको खण्डमा आज नै आदेश/ फैसला आउन सक्ने सम्भावना बढिरहेको जिल्ला सरकारी वकिल कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका एक कर्मचारीले जानकारी दिए। शाहको पक्षमा ७ जना वकिल र सरकारी वकिलका तर्फबाट ३ जना वकिलले बहस गरेका थिए।

उनीविरुद्ध तनहुँ र नवलपरासी दुवै इजलासमा मुद्दा परेको थियो। गत चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश गरेको थियो।

२०७८ बैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ। शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ।

नवलपरासी जिल्ला अदालतले पनि पूर्पक्षको लागि थुनामा नै पठाउन आदेश दिएको थियो। त्यसपछि उनी उच्च अदालत कास्की पुगेका थिए। उच्च अदालतले पनि जिल्ला अदालतको निर्णय सदर गरेको थियो। आज जिल्ला अदालत नवलपरासीले अभिनेता शाहलाई छोड्न आदेश दिएपनि उनी केही दिन थुनामा नै हुने छन्। उनीविरुद्ध परेको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell