PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

राजेन्द्र महतो पर्सा क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस



पहिलोपोस्ट

राजेन्द्र महतो पर्सा क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस
फाइल फोटो।

वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोको नाम पर्सा क्षेत्र नम्बर ३ बाट सिफारिस भएको छ। लोसपा क्षेत्र नम्बर ३ को आजको भेलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा उनको एकल नाम सिफारिस गरेको हो।

त्यसैगरी, उनको नाम धुनुषा ३ बाट पनि सिफारिस भएको छ। भेलाले पर्सा क्षेत्र नम्बर ३ को 'क'बाट  शिवपूजन साह र ३ 'ख'बाट निजामुद्दीन समान र मालती कुशवाहाको नाम पनि सिफारिस गरेको लोसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष अवधेश पटेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell