PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

पर्साबाट काङ्ग्रेसका यी नेताहरुको नाम सिफारिस, यी क्षेत्रमा देखियो विवाद



पहिलोपोस्ट

पर्साबाट काङ्ग्रेसका यी नेताहरुको नाम सिफारिस, यी क्षेत्रमा देखियो विवाद

वीरगंज : नेपाली काङ्ग्रेस पर्साले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ। केही क्षेत्रमा सिफारिस भइसकेको छ भने केही क्षेत्रको नाम आउन बाँकी छ।

काङ्ग्रेस पर्साको विभिन्न क्षेत्रीय समितिको निर्णय अनुसार पर्सा क्षेत्र नम्बर १ मा अनिल रुगंटा र अजयकुमार द्विवेदी, २ मा अजयकुमार चौरसिया, ३ मा सुरेन्द्र प्रसाद चौधरी, ४ मा रमेश रिजालको नाम सिफारिस भएको छ।

त्यसैगरी, प्रदेशसभा तर्फ १ ‘क’मा रामनारायण कुर्मी, अरविन्द गुप्ता, जाकिर अन्सारी, १ ‘ख’मा विजय सर्राफ, दिनेश पन्त, २ ‘क’मा राजेश्वर साह तेली, नितेन्द्र साह तेली, लोकनारायण यादव, २ ‘ख’मा रामरुप कुर्मी, सहाबुद्दिन अन्सारी, ओमप्रकाश शर्मालगायतको नाम सिफारिस भएको छ।

त्यसैगरी, ३ ‘क’मा नाम टुंगो लाग्न नसकेको  बताइएको छ। ३ ‘ख’मा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको एकल नाम सिफारिस भएको छ।

त्यस्तै, पर्सा क्षेत्र नम्बर ४ ‘क’मा शंकर चौधरी, ४ ‘ख’मा किशोर कुमार कलवारको एकल नाम प्रदेश सांसद तर्फ सिफारिस भएको जिल्ला उपसभापति रामनारायण कुर्मीले जानकारी दिए।

पर्सा क्षेत्र नम्ब २ को संघीय सांसदमा क्षेत्रीय भेलाले अजय कुमार चौरसियाको एकल नाम सिफारिस गरेपछि काङ्ग्रेस नेता राजेन्द्र बहादुर आमात्यले जिल्ला कमिटिमा छानबिनको लागि निवेदन दिएको जिल्ला अध्यक्ष जनार्दनसिह क्षेत्रीले बताए। त्यसैगरी, ३ ‘क’मा पनि उम्मेदवारको नाम टुंगो लगाउन विवाद देखिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell