काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ। परिषद्को आज दिउँसो बसेको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस गरेको हो।
दीक्षित उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश हुन्। त्यस्तै, शर्मा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश हुन् भने पराजुली नेपाल ल क्याम्पसमा प्राध्यापक हुन्।