काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत पहिलो खेलमा नेपालले भुटानविरुद्ध जित निकालेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४-० गोलले हराएको हो।
खेलको पहिलो हाफमा नेपालले १-० ले अग्रता लिएको थियो। वर्षाका बिच सुरु भएको खेलको १२औँ मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी हुन्।
दोस्रो हाफमा नेपालले तीन गोल थप्यो। ६८औँ मिनेटमा भण्डारीले अर्को गोल गर्दै अग्रता दोब्बर बनाइन्। त्यस्तै, अनिता बस्नेतले ७३औँ र ८५ औँ मिनेटमा गोल गर्दै भुटानविरुद्ध नेपाललाई सानदार जित दिलाइन्।
नेपाल अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा भुटानविरुद्ध उत्रिएको हो। दीपा शाही र अमिशा कार्कीले डेब्यु गरेका छन्।