PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

सिट बाँडफाँट अझै लागेन टुंगो, कार्यदलको बैठक आज पनि बस्दै



पहिलोपोस्ट

सिट बाँडफाँट अझै लागेन टुंगो, कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं : मंगलवार अन्तिम रुप दिएर प्रतिवेदन बुझाउने भनिए पनि  सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले सिट बाँडफाँट अझै टुंगो लगाउन सकेको छैन। मंगलवार साँझ अबेर बसेको बैठकमा सिट बाँडफाँट सहमतिको नजिकमा पुगेको सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

'कार्यदललाई शीर्षस्थ नेताबाट जुन जिम्मेवारी दिएको थियो। सहमतिको नजिकमा हामी पुगेका छौं,' बैठकपछि मन्त्री कार्कीले भने। बुधवार बैठक बसेर प्रतिवेदन तयार गरिने र शीर्ष नेतालाई बुझाउने तयारी गरेको उनको भनाई रह्यो। बैठक आज ५ बजे बस्ने कार्यतालिका रहेको छ।

'त्यसपछि अन्तिम निष्कर्ष निकालेर हामी प्रतिवेनन शीर्षस्थ नेताहरुलाई बुझाउँछौं,' मन्त्री कार्कीले भने। उनले अब सिट बाँडफाँटको विषय लिपिबद्ध गर्ने चरणमा पुगेको उल्लेख गरे।

मंगलवारमात्र कैलाली पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले ८० को वरपर सिट पाउने बताएका थिए।

कसले कति सिट पाउने तयारी छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डको भनाई थियो, 'कांग्रेसले शुरुमा १०० सिट भनेको थियो। पछि ८० को वरिपरी आउने सम्भावना बढ्दो छ। हामीले ६० मागेको थियौ। हामी यसको वरपर नै रहन्छौ। एकीकृत समाजवादीले २५ र जसपाले २५ को दाबी गरेको छ। यही वरपर रहेर सिट बाँडफाँट हुन्छ होला।' प्रचण्डको भनाईबारे आफूलाई कुनै जानकारी नभएको र सिट संख्या भन्न अहिले नै हतारो हुने मन्त्री कार्कीको भनाई थियो।

यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell