PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको उजुरी, अनुसन्धान थाल्दै प्रहरी



पहिलोपोस्ट

सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको उजुरी, अनुसन्धान थाल्दै प्रहरी
फाइल फोटो

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीमा उजुरी परेको छ।

मंगलवार पीडितका आफन्त निवेदन लिएर गौशाला प्रहरी वृत्तमा पुगेका हुन्। १८ वर्ष मुनिका नाबलिकालाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध उजुरी परेको महानगरीय प्रहरी कार्यालयका एआइजी रवीन्द्र धानुकले पुष्टि गरे।

'गौशाला प्रहरी वृत्तमा पीडितका आफन्तहरु आउनुभएको थियो। घटना के हो हामी अनुसन्धान गर्छौ,' एआइजी धानुकले भने। आरोपी लामिछाने भदौ ६ गते केन्याविरुद्धको अन्तर्राष्ट्रिय खेलका लागि केन्या पुगेका थिए जहाँ एउटा टी २० सिरिज खेलेर क्यारेबियन प्रिमियर लिग खेल्न पुगेका छन्।

जानुभन्दा अघिल्लो दिन आफूलाई जबरजस्ती करणी गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्। लामिछानेसँग उनको सामाजिक सञ्जालमार्फत भेट भएको जाहेरीमा उल्लेख गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए।

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा यसअघि कलाकार पल शाहलाई उजुरी परेको थियो। शाहलाई यौन दुर्व्यवहार कसुरमा साढे दुई वर्ष कैद सजाय सुनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell