PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

च्याम्पियन्स लिगका ८ खेल: चेल्सी पराजित हुँदा रियल मड्रिड, पीएजी र म्यानचेस्टर सिटी विजयी, कुन खेलको के नतिजा?



पहिलोपोस्ट

च्याम्पियन्स लिगका ८ खेल: चेल्सी पराजित हुँदा रियल मड्रिड, पीएजी र म्यानचेस्टर सिटी विजयी, कुन खेलको के नतिजा?
Photo : UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति समूह चरणका ८ वटा खेल सम्पन्न भएका छन्।

समूह 'ई' को खेलमा इङ्ग्लिस क्लब चेल्सी क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग १-० ले पराजित भयो। जाग्रेबको जितमा मिस्लभ ओरसिचले निर्णायक गोल गरे त्यही समूहको अर्को खेलमा इटालियन क्लब एसीमिलान र जर्मन क्लब आरबी साल्जबर्ग १-१ गोलको बराबरीमा रोकिए।

त्यस्तै समूह 'एफ'को खेलमा स्पेनिस क्लब रियल मड्रिडले स्कटिस क्लब सेल्टिकमाथि ३-० गोलको जित निकाल्यो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलमा मड्रिडलाई जित दिलाउन भिनिसिय जुनियर, लुका मोड्रिच र इडन हजार्डले गोल गरे। सोही समूहको अर्को खेलमा युक्रेनी क्लब सक्तर डोनेस्कले जर्मन क्लब आरबी लाइपजिगमाथि ४-१ गोलअन्तरको जित निकाल्यो।

समूह 'जी' को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभियामाथि ४-० को फराकिलो जित निकाल्यो। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीलाई जित दिलाउन अर्लिङ हल्याण्डले दुई गोल तथा फिल फोडेन र रुबेन डायसले समान १-१ गोल गरे। सोही समूहको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डले डेनिस क्लब कोपनहेगनमाथि ३-० गोलको जित निकाल्यो। डर्टमुण्डको जितमा मार्को रिउस, राफाइल गुरेइरो र जुड बेलिङ्घमले गोल गरे।

समूह 'एच' को खेलमा फ्रेन्च क्लब पीएसजीले इटालियन क्लब युभेन्टसलाई हरायो। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोलीलाई जित दिलाउन किलियन एम्बाप्पेले दुबै गोल गरे। सोही समूहको अर्को खेलमा इजरायली क्लब मक्काबी हैफालाई पोर्चुगिच क्लब बेनफिकाले २-० ले हरायो। बेनफिकाको जितमा राफा सिल्भा र एलेक्स ग्रिमाल्डोले निर्णायक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell