PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

एसिया कपको सुपर फोरमा पाकिस्तान पछि श्रीलंकासँग भारत पराजित, फाइनल पुग्ने सम्भावना कति?



पहिलोपोस्ट

एसिया कपको सुपर फोरमा पाकिस्तान पछि श्रीलंकासँग भारत पराजित, फाइनल पुग्ने सम्भावना कति?
Photo: BCCI

एसिया कप क्रिकेटमा गएराति सम्पन्न खेलमा भारत श्रीलंकासँग पराजित भयो। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको भारतले कप्तान रोहित शर्माको अर्धशतकीय पारिको सहायतामा निर्धारित २० ओभरमा ९ विकेट १७३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ओभरमा एक बल बाँकी छँदा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्दै ६ विकेटको जित निकाल्यो। यसअघि सुपर फोरकै खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो।

सुपर फोरमा लगातार दुई पराजयसँग भारतको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ। तर, अन्य खेलको प्रदर्शनका आधारमा केही समीकरण भने बाँकी छ। यदि अफगानिस्तान र श्रीलंकाले पाकिस्तानलाई हराएर भारतलाई अफगानिस्तानलाई हराउँदा यदि भारतको रनरेट पाकिस्तान र अफगानिस्तानको भन्दा राम्रो हुन्छ भने भारतको फाइनल पुग्ने सम्भावना रहन्छ। भारतले बिहीवार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell