PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

१५० दिनको 'भारत जोडो यात्रा'मा निस्किँदै राहुल गान्धी



पहिलोपोस्ट

१५० दिनको 'भारत जोडो यात्रा'मा निस्किँदै राहुल गान्धी

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले १५० दिन लामो 'भारत जोडो यात्रा' को आरम्भ गर्ने भएका छन्। कन्याकुमारीस्थित त्रिवेणी संगमबाट उनले यो यात्रा थाल्ने बताइएको छ।

आज बिहानै राहुल तमिलनाडुस्थित आफ्ना पिता राजीव गान्धीको समाधीस्थलमा पुगेका थिए। भारतका पूर्व प्रधानमन्त्री राजिवको आत्मघाती बम विस्फोटमा मारिएका थिए।

यो यात्राका क्रममा ३ हजार ५७० किलोमिटर यात्रा तय गरिनेछ। राहुल गान्धीको नेतृत्वमा कांग्रेस कार्यकर्ता र नेताहरुल बिहान ७ बजेदेखि बेलुकी साढे ६ बजेसम्म हरेक दिन पदयात्रामा निस्कनेछन्। यसक्रममा १२ राज्य र दुई 'युनियन टेरिटोरी' उनीहरु पुग्नेछन्।

यात्राका क्रममा पार्टी र जनताबिचको सम्बन्ध विस्तार गर्ने प्रयास हुने कांग्रेस नेताहरु बताउँछन्। भारतीय जनता पार्टी र बढ्दो महंगी र बेरोजगारीका बारेमा जनतासँग यात्राका क्रममा कुराकानी हुने जनाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell