PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छः उपप्रमुख डंगोल



पहिलोपोस्ट

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छः उपप्रमुख डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छिन्। बुधवार बिहान य:सिं (इन्द्रध्वजोत्थान) का क्रममा हनुमानढोका पुगेकी उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले भरिएको पर्व भएको बताएकी हुन्।

'यो जात्राको महत्व विविधतायुक्त छ। आजबाट विधिवत इन्द्रजात्रा सुरु भएको छ। काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्छ। यो काठमाडौंको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो,' उनले भनिन्।

इन्द्रजात्रा हेर्न महानगरले यो वर्ष पनि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाका प्रतिनिधिहरुलाई बोलाएको छ। डंगोलले पाहुनाहरु आउने क्रम जारी रहेको बताइन्।

'हामीले भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाएका छौँ। भोलिबाट अतिथिहरु आउने क्रम रहनेछ। कोरोनाको केसहरु बढेका कारण हामीले अपेक्षा गरेको भन्दा कम अतिथि आउनुहुनेछ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell