PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

इन्द्रजात्रालाई 'ग्लोबलाइज' गर्ने प्रयास गरिरहेका छौँ : बालेन



पहिलोपोस्ट

इन्द्रजात्रालाई 'ग्लोबलाइज' गर्ने प्रयास गरिरहेका छौँ : बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले इन्द्रजात्रालाई 'ग्लोबलाइज' गर्ने प्रयास आफूहरुले गरिरहेको बताएका छन्। इन्द्रजात्राको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बालेनले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास महानगरपालिकाले गरिरहेको बताएका हुन्।

महानगरपालिकाले इन्द्रजात्रा अवलोकन गर्न भगिनी सम्बन्ध भएका पालिका र विभिन्न देशका शहरका जनप्रतिनिधिलाई निमन्त्रणा गरेको छ। अतिथिहरु काठमाडौं आउने क्रम सुरु भइसकेको छ। कोरोना संक्रमण जारी रहेकाले निमन्त्रणा गरिएका केही पालिकाका प्रतिनिधिहरु आउन नसक्ने जानकारी पाएको उनेल बताए।

उनले भने, ‘विभिन्न राष्ट्रका विभिन्न शहरका प्रतिनिधिहरु आएर इन्द्रजात्रा हेरेर यो जात्रामात्रै नभएर काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरु घुमेर यो ठाउँहरुको बारेमा उहाँहरुले पनि आफ्नो देशमा गएर बोलिदिनुहुन्छ, आफ्नो देशमा थोरै भएपनि प्रचार गरिदिनुहुन्छ भन्ने आशाले विदेशी पाउनाहरु पनि बोलाउँदै छौँ।’

 इन्द्रजात्रा काठमाडौंकै निकै महत्वपूर्ण मानिएको जात्राहरुमध्येको एक भएको भन्दै उनले देशको सौन्दर्य भनेकै मूर्त र अमूर्त सम्पदाहरु भएको बताए। उनले देशमा भएका सम्पदाहरु संरक्षण गर्न सकिए मात्रै पनि पर्यटनलाई धेरै माथि लान सकिने बताए।

‘जात्रा पर्वहरु पूजाआजा मात्रै नभएर आफैँमा एउटा इन्टरटेनमेन्टसँग पनि जोडिएको, उत्साहसँग पनि जोडिएको, उमंगसँग पनि जोडिएको, खुसीसँग पनि जोडिएको, रमाइलोसँग जोडिएको भएका हुनाले पनि यसलाई जोगाउन हामीले इन्टरटेनमेन्ट भ्यालुसँग जोड्दै जानुपनि पर्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell