PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन



पहिलोपोस्ट

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन

काठमाडौं : राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्।

भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्।

आज चार समितिको सभापतिमध्ये दिगो विकास तथा सुशासन समितिमा प्रकास पन्थ सर्वसम्मत चयन भएका छन्। त्यस्तै, विधायन व्यवस्थापन समितिमा बेदुराम भुसाल, प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा माया प्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल सर्वसम्मत चयन भएका हुन्।

प्रकाशित कार्यतालिका अनुसार भदौ २२ गते ११ बजेदेखि ४ बजेसम्म मनोनयन हुनेछ। सोही दिन ४ः३० बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ। यस्तै, भदौ २३ गते दिउँसो १ बजे निर्वाचन हुनेछ।

राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell