PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

'स्थायी सरकार' माथि खनिए प्रधानमन्त्री देउवा : तीनै तहमा ब्युरोक्रेसी भए पनि काम भएको छैन, यसको जिम्मेवार को हो?



पहिलोपोस्ट

'स्थायी सरकार' माथि खनिए प्रधानमन्त्री देउवा : तीनै तहमा ब्युरोक्रेसी भए पनि काम भएको छैन, यसको जिम्मेवार को हो?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुरले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताएका छन्। बुधवार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताएका हुन्।

उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको भन्दै देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताए।

उनले कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए। कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने उनको मत थियो।

सम्बोधनको सम्पादित अंश :

जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन। सत्य कुरा हो। अस्थायी सरकार हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ। यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो? राजनीतिक दलहरु मात्रै हो कि ब्यूरोकेसी पनि हो? किन काम भइरहेको छैन, अहिले यहाँ? व्यापक छलफल गरौँ।

हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो। तपाईहरु त पेन्सनसम्म हुनुहुन्छ नि। काम नै भएको छैन, दुर्गति छ, देशको। यसको व्यापक छलफल हुन जरुरी छ। बाटो बन्दै, कर्मचारी जाँदैनन्, साइन गर्छ फर्किहाल्छ। बस्दै बस्दैनन्। त्यसकारण यसको व्यापक छलफल हुनुपर्छ।

देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन। एउटा बाटा बनाउनु छ, २५ वर्षसम्म पुगेकै छैन। बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार। देशभरको अवस्था त्यस्तै छ। पोलिसिले मात्रै केही हुनेवाला छैन, ब्यूरोक्रेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन। अहिले स्थानीय तहसम्म ब्यूरोकेसी छ। स्थानीय, प्रदेश, केन्द्रिय ब्यूरोक्रेसी छ, तै पनि काम भएको छैन। यसको जिम्मेवार को हो? व्यापक छलफल गरौँ। तपाईहरु नै स्थायी सरकार हो। स्थायी सरकारले काम गर्दैन के गर्ने? कसरी देश अघि बढ्नसक्छ। पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलव दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो। काम हुनुपर्छ नि। देशको आम्दानी हुनुपर्छ नि। ब्यूरोक्रेसीको सहयोग बिना कुनैपनि देश अघि बढ्दैन। जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोक्रेसी हो नि। उसले गर्दैन त कसरी देश बन्छ?

अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ, सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ। कर्मचारीको सहयोग नभइकन देश अघि बढ्दैन। सबै जिम्मेवार हुनुपर्छ। जनताले भोटले पत्याए हो नत्र त हामी गइहाल्छौँ नि। त्यही भएर तपाईहरु काम गर्नुहोस्। के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell