PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

न्यायाधीशको संसदीय सुनुवाइका लागि परिषद्ले समितिलाई गर्‍यो पत्राचार



पहिलोपोस्ट

न्यायाधीशको संसदीय सुनुवाइका लागि परिषद्ले समितिलाई गर्‍यो पत्राचार

काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएकाहरुको संसदीय सुनुवाइका लागि पत्रा‍चार गरेको छ। परिषद्को मंगलवार बसेको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो।

परिषद्ले तीन न्यायाधीशको संसदीय सुनुवाइका लागि संसदीय सुनुवाइ समितिलाई पत्र पठाएको हो।

दीक्षित उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश हुन्। त्यस्तै, शर्मा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश हुन् भने पराजुली नेपाल ल क्याम्पसमा प्राध्यापक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell