PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

पिङ खेल्दै गरेको तस्विर सेयर गर्दै मोर्गन फ्रिम्यानले सम्झे दशैं



पहिलोपोस्ट

पिङ खेल्दै गरेको तस्विर सेयर गर्दै मोर्गन फ्रिम्यानले सम्झे दशैं

दशैं संघारमा छ। यसैको छेकोमा हलिउड अभिनेता मोर्गन फ्रिम्यानले नेपाललाई सम्झेका छन्। दशैंको स्मरण गर्दै उनले फेसबुकमा स्टाट्स लेखेका छन्।  

तीनवर्षअघि फ्रिम्यान ‘स्टोरी अफ गड’ छायाङ्कनमा नेपाल आएका थिए। दशैंको बेला नेपालमा आएका उनले नेपालीबाट स्वागत पाउँदै दशैं मनाएका थिए।

फ्रिम्यानले स्टाट्सका साथै दशैंमा खिचेको तीनवर्षअघिको फोटो समेत सेयर गरेका छन्। फोटोमा उनी ढाकाटोपी, टिका र जमरा लगाएर पिङ खेलिरहेको देख्न सकिन्छ।

दशैंमा आफूलाई नेपालीहरूले गरेको स्वागत कहिल्यै बिर्सन नसक्ने बताउँदै फ्रिम्यानले लेखेका छन्, ‘दशैंको दुई हप्ताको उत्सव नेपालीहरूका लागि हाम्रो आधारभुत प्रवृतिहरुभन्दा माथि भावनात्मक हिसाबले शाब्दिक छ। खराबीमाथि राम्रोको विजयभन्दा माथि छ दशैं। यसले हामीभित्र हुने लडाइँलाई स्विकार गर्दै संसारका सबै असफलतालाई स्वागत गर्न हाम्रो आत्मालाई मुक्त गर्छ। स्टोरीअफगडको छायाङ्कनको क्रममा मेरो काठमाडौंको यात्रा र दशैको परम्परामा पुर्णतया डुब्न मलाई देखाएको माया म कहिल्यै बिर्सने छैन।’

८५ वर्षिय अमेरिकी अभिनेता तथा निर्देशक मोर्गन फ्रिम्यान अभिनयका साथै बोल्ड आवाजले पनि परिचित छन्। सन् २००९ मा रिलिज भएको फिल्म ‘इन्भिक्ट्स’मा उनी अमेरिकाका पुर्वराष्ट्रपति नेल्सन मण्डेलाको भूमिकामा देखिएका थिए। फ्रिम्यानले अस्कर अवार्ड समेत जितिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell