PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

साफ महिला च्याम्पियनसिप : भारतले पाकिस्तानलाई ३-० गोलले हरायो



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : भारतले पाकिस्तानलाई ३-० गोलले हरायो

काठमाडौं : साफ महिला च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको छ। पाकिस्तानविरुद्ध भारतले ३-० को जित निकालेको हो।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको २१औँ मिनेटमा पाकिस्तानकी मारिया जमिला खानले आत्मघाती गोल गरेसँगै भारतले सुरुवाती अग्रता लिएको थियो। २३औँ मिनेटमा भारतकी ग्रेस दाङमेइले गोल गर्दै अग्रता दोब्बर पारिन्।

दोस्रो हाफको अतिरिक्त समयमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई ३-० को जित दिलाइन्।

आज हुने दोस्रो खेलमा समूह 'ए' कै टोलीहरु बंगलादेश र माल्दिभ्स भिड्दैछन्। खेल साँझ साढे पाँच बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell