PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

अदितिको फिल्म 'बाबरी' को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री



पहिलोपोस्ट

अदितिको फिल्म 'बाबरी' को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री

काठमाडौं : असोज १४ देखि प्रदर्शन हुने फिल्म बाबरीको अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले सिनेमाको अस्ट्रेलिया राइट्स किनेका हुन्।

केहि दिन अगाडि निर्माण कम्पनी बाबरी फिल्म्स र वितरण कम्पनी मवेन इन्टरटेनमेन्टबिच कागजी सम्झौता भएको हो। नेपाल रिलिजको १० दिनपछि यो फिल्म अस्ट्रेलियामा रिलिज हुनेछ।

सुरेन्द्र पौडेल निर्देशित यस फिल्ममा धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय छ। फिल्मको निर्माता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell