PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

मिडिया विधेयक छलफलका लागि संसदीय समितिमा पठाइयो



पहिलोपोस्ट

मिडिया विधेयक छलफलका लागि संसदीय समितिमा पठाइयो
फोटो : प्रदीपराज वन्त/रासस

काठमाडौं : नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुअघि सांसद प्रेम सुवालले बैठकको गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक संख्या यकिन गर्न निर्देशन गरेका थिए। गणपुरक सङ्ख्या पुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते शनिबार दिउँसो १ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell