PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

‘हिजो आजका कुरा’को ट्रेलरमा छोराछोरी विदेशिने समस्याले परिवारमा पार्ने प्रभावको कथा



पहिलोपोस्ट

‘हिजो आजका कुरा’को ट्रेलरमा छोराछोरी विदेशिने समस्याले परिवारमा पार्ने प्रभावको कथा

काठमाडौं : कलाकार सन्तोष पन्तको निर्माण रहेको फिल्म ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ। आगामी असोज २८ गते प्रदर्शन हुने फिल्मको बुधवार काठमाडौंमा आयोजित कार्यक्रमबिच ट्रेलर रिलिज गरिएको हो।

वर्तमान समयको छोराछोरी विदेशिने समस्याले परिवारमा पार्ने प्रभावको कथालाई फिल्मको ट्रेलरमा देख्न सकिन्छ। सन्तोषका छोरा साकार पन्तले यसै फिल्मबाट निर्देशनमा डेब्यू गरेका छन्।

ट्रेलर रिलिज कार्यक्रममा सन्तोष पन्तले हरेक दिन घरमा भोगिरहेका कुरालाई चलचित्रमा उतारिएको बताए। यो चलचित्र सफल भए युवा पिढीहरु नेपालमा नै बस्ने बताउँदै फिल्ममा समस्या मात्र नभई समाधानलाई पनि देखाइएको पन्तको भनाइ छ।

यस फिल्ममा सन्तोषका साथै रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ।

लामो समय नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिसिरियल ‘हिजो आजको कुरा’ निकै चर्चित सिरियल हो। सोही नाम सापटी लिएर यो फिल्म बनाइएको हो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell