PahiloPost

May 15, 2024 | २ जेठ २०८१

थपिए २३० जना कोरोनाका संक्रमित, २ जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

थपिए २३० जना कोरोनाका संक्रमित, २ जना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ३० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ८३६ जनामा परीक्षण गर्दा २ सय ३० जनामा संक्रमण देखिएको हो।

१ हजार ९५६ पीसीआर परीक्षण गरिएकोमध्ये १२८ जनामा र १ हजार ८८० एन्टीजेन परीक्षण गरिएकोमा १०२ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ७८ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ५ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म १२ हजार ९ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell