PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मधेश प्रदेश सरकारले गर्‍यो मधेश विश्वविद्यालयको उद्घाटन



पहिलोपोस्ट

मधेश प्रदेश सरकारले गर्‍यो मधेश विश्वविद्यालयको उद्घाटन

वीरगंज : मधेश प्रदेश सरकारले मधेश विश्वविद्यालयको उद्घाटन गरेको छ। वीरगंजमा आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर शाहले विश्वविद्यालयको उद्घाटन गरे।

मधेश विश्वविद्यालय मधेशी जनताहरुको ७ दशक देखिको सपना रहेको बताइएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय पर्साको सदरमुकाम वीरगंजमा रहेको छ। पर्साको ग्रामीण भेगमा १०० बिघा जग्गा खरिद गरेर अन्य भौतिक संरचना निर्माण गरिने बताइएको छ।

भौतिक संरचना निर्माणको लागि १० अर्बको दाता भेटिइसकेको उपकुलपति प्राध्यापक डा दीपक शाक्यले बताए। विश्वविद्यालयको कार्यपत्र प्रस्तुत गर्दै शाक्यले मधेशको शिक्षाको लागि यो गौरवको विषय भएको बताए।

उनले मधेशको शिक्षा परम्परागत कोर्समा आधारित भएको भन्दै यो विश्वविद्यालय स्थापना भइसकेपछि मधेशको लागि चाहिने आधुनिक, वैज्ञानिक र सिपमुलक शिक्षामा आधारित भएर कोर्सहरु विकास गरिने बताए। मधेशको शिक्षाको स्तरलाई माथि उकास्दै देशको शिक्षालाई योगदान पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ थियो

विश्वविद्यालयको कार्यालय वीरगंजस्थित नेशनल ट्रेडिङमा स्थापना भएको छ। जसको भोलि औपचारिक उद्घाटन गरिने बताइएको छ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका राजनीतिक दलका नेता, शिक्षाविद्लगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell