PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा विश्वप्रकाश शर्मा



रासस

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा विश्वप्रकाश शर्मा
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ घोषणापत्र तयारी समितिको संयोजकमा विश्वप्रकाश शर्मालाई मनोनयन गरेको छ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा आज पार्टीका महामन्त्री शर्मालाई मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले यसअघि स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा पार्टीका अर्का महामन्त्री गगन कुमार थापालाई जिम्मेवारी दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell