काठमाडौं: श्रीलंकामा जारी साफ यू १७ पुरुष च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ। आज सम्पन्न आफ्नो पहिलो खेलमा भुटानलाई २-१ गोलअन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो।
खेलको १३ औं मिनेटमा युनेस बुढाथोकीको गोलमा नेपालले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको नेपालका लागि सेमन्त थापाले ५७ औं मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाए। उता भुटानका जेत्सुन दोर्जीले ६८ औं मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त भएन। र, खेल नेपालले २-१ गोलअन्तरले आफ्नो पक्षमा पार्यो।
जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ भने लगातार दुई खेलमा पराजय ब्यहोरेको भुटान बाहिरिएको छ। नेपालले अर्को खेलमा ९ सेप्टेम्बरमा भारतसँग खेल्नेछ। समूह ए भा श्रीलंका, माल्दभ्स र बंगलादेश छन् भने समूह बी मा नेपाल, भारत र भुटान छन्।