PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

दरबारमार्गको क्लब प्लाटिनममा मध्यराति 'ग्याङ् फाइट'



पहिलोपोस्ट

दरबारमार्गको क्लब प्लाटिनममा मध्यराति 'ग्याङ् फाइट'

काठमाडौं : दरबारमार्गमा रहेको नाइट क्लबमा बुधवार मध्यराति झगडा हुँदा ६ जना घाइते भएका छन्।

क्लब प्लाटिनममा राति पौन १२ बजेतिर 'ग्याङ फाइट' हुँदा ६ जना घाइते भएका हुन्। घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा उपचारको लागि लगिएको छ।  क्लबममा झगडा गरेको अभियोगमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

'राती झगडा भएर हाम्रो टोली पुगेको थियो,' जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने।

नियन्त्रणमा लिइएकाहरुलाई दरबारमार्गस्थित प्रहरी वृतमा राखिएको प्रहरीले जानकारी दिएको छ। यसअघि पनि प्लाटिनम क्लबमा झगडा गरेको अभियोगमा प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएको थियो।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell