PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

आजको मौसम : राति प्रदेश १ र वाग्मतीमा भारी वर्षाको सम्भावना



पहिलोपोस्ट

आजको मौसम : राति प्रदेश १ र वाग्मतीमा भारी वर्षाको सम्भावना

काठमाडौं : बिहीवार बिहान प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य प्रदेशहरूमा भने आंशिकदेखि सामान्य बदली रहेको छ।

अहिले प्रदेश १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्ज र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राती प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र वाग्मती प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell