PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

भियतनामको कराओके बारमा आगलागी, ३२ जनाको मृत्यु



पहिलोपोस्ट

भियतनामको हो ची मिन्ह शहरको कराओके बार रहेको कम्प्लेक्समा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ जना पुरुष र १५ जना महिला रहेका छन्।

भवनको माथिल्लो तल्लामा आगो लाग्दा मानिसहरु भित्रै फसेका थिए। आगो लागेपछि भाग्ने क्रममा मानिसहरु घाइते भएको स्थानीय मिडियाले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। आगो लाग्दा बारमा करिब ६० जना मानिस थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell