PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

शिव परिवारको विवादित टिप्पणी : बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौं



पहिलोपोस्ट

शिव परिवारको विवादित टिप्पणी : बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौं

काठमाडौं: राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेको छ। यस घटनासँगै अहिले सामाजिक सञ्जाल तातेको छ। धेरैले यस विषयमा आ-आफ्नो विचार र मत सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन्।

यसैबिच, गायक शिव परियारले पीडितहरुलाई 'पेशेवर' भन्दै विवादित बयान दिएका छन्। बलात्कारलाई व्यवसाय बनाउने गिरोह पत्ता लगाएर परिवारले तत्काल यस्ता गिरोहको उपचार गर्नुपर्ने भन्दै उनले यस्तो नभए  नेपाल बलात्कारीहरूको देश भनेर चिनिने समेत उनले लेखेका छन्।

उनी लेख्छन्,‘यो पेशेवर पीडित भनौदाहरुलाई पनि व्यवस्थित गरि कारवाही गर्ने कुनै कानुनको धारा होला नी? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो। कृपया अनुसन्धान होस्।'

उनले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरी रहेको टिप्पणीसमेत गरेका छन्। 

‘कृपया यति बेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु। अनुसन्धानबाट नियतवश बलात्कारी नै हो भने कानुनत: छुट नहोस। तर देशका सबै आइकनलाई सिध्याउने नियत सहितको केस अवस्था हो भने सम्मानीय नेपाल सरकार, नेपाल प्रहरी र अदालत सबै निकाय यस विषयमा संवेदनशिल हुनु पर्ने अवस्था देख्दछु,' उनले भनेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell