PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

हनुमानढोकामा कुमारी पूजा : २५४ जना बालिकालाई तलेजु भवानीको दर्शन गराइयो

हनुमानढोकामा कुमारी पूजा : २५४ जना बालिकालाई तलेजु भवानीको दर्शन गराइयो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज यँया: (इन्द्रजात्रा)को दोस्रो दिन। बुधवार हनुमानढोकामा य:सिं ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको हो। यस पर्वमा मुख्य आकर्षणको केन्द्रमा रहेकी हुन्छिन् जीवित देवी कुमारी। भोलि उनको सहित जीवित देव गणेश र भैरव को रथ यात्रा हुँदैछ।

यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुनेगर्छ।

नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ। यसरी पूजा गरेमा बालिकाहरुलाई रोक नलाग्ने जनविश्वास रहेको छ।

यसैबीच आज हनुमानढोकामा कुमारी पूजाले निरन्तरता पायो। विगत केही वर्षदेखि हनुमानढोका परिसरमा कुमारी स्थानीय कल्ब र संघसंस्थाले कुमारी पूजा गर्दै आएका छन्। आज २५४ जना बालिकाहरु पूजामा सहभागी भए।

पूजा पश्चात बालिकाहरुलाई तलेजु भवानीको दर्शन गराइएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell