PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को डिजिटल अडिसन खुल्ला



पहिलोपोस्ट

रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को डिजिटल अडिसन खुल्ला

काठमाडौं : टेलिभिजन रियालिटी शो ‘नेपाल ट्यालेन्ट हन्ट’ को अडिसन खुला भएको छ। नेपालभित्र रहेका अनेक प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित संचालन हुन लागेको यो शोको डिजिटल अडिसन सुरु भएको हो।

आयोजक साईना साहारा ग्रुपले शोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताइएको छ। भाद्र २९ गतेसम्म खुला हुने अडिसनमा प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो बनाएर पठाउनुपर्नेछ।

सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी देखि जस्तोसुकै प्रतिभा भए पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने भएकाले खुल्लारुपमा अडिसन सक्ने शोका प्रोग्राम हेड हरी शर्माले बताए।

यस शोको निर्णायको रुपमा गौरी मल्ल, निर शहा, सुगम पोख्रेल रहेका छन्। शोको विजेताले पचास लाख पुरस्कार पाउनुका साथै विभिन्न अबसरसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell