PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

लिज ट्रसले घोषणा गरिन् आफ्नो 'क्याबिनेट' : गृहमन्त्रीमा भारतीय मूलकी सुएला नियुक्त



पहिलोपोस्ट

लिज ट्रसले घोषणा गरिन् आफ्नो 'क्याबिनेट' : गृहमन्त्रीमा भारतीय मूलकी सुएला नियुक्त
Photo : Reuters

बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले सुएला ब्रेवरम्यानलाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन्। नयाँ क्याबिनेटको घोषणा गर्दै ट्रसले भारतीय मूलकफ सुएलालाई गृहमन्त्री बनाएकी हुन्। ट्रस भारतीय मूलकै ऋषि सुनकलाई पराजित गर्दै कन्जर्भेटिभ पार्टीको नेता बनेकी हुन्।

निवर्तमान प्रधानमन्त्री बोरिस जोन्सनको क्याबिनेटमा पनि सांसद् प्रीति पटेल गृहमन्त्री थिइन्।

ट्रसले क्वाजी क्वारटेंगलाई अर्थमन्त्रीमा नियुक्त गरेकी छिन्। यस्तै, स्वास्थ्य मन्त्री टेरेसा कैफलाई ट्रसले उपप्रधानमन्त्रीको जिम्मेवारी पनि दिएकी छिन्। विदेश मन्त्रालयको जिम्मेवारी जेम्स क्लेवर्लीदाई दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell