PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

नेपालभाषाको फिल्म ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक



पहिलोपोस्ट

नेपालभाषाको फिल्म ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक

नेपालभाषाको फिल्म ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। बुधवारबाट इन्द्रजात्रा सुरु भइसकेको छ। मजिपा लाखे आजु, सव भक्कु र पुलुकिसी हिजैबाट निस्किएका छन्। भोलि जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथयात्रा हुँदैछ। 

इन्द्रजात्राको रमझमबिच 'लाखे आजु' फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा मजिपा लाखे आजुल‍े नृत्य गरिरहेको तस्विरसहित र मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई देख्न सकिन्छ।

बिके फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई आर्यम नकर्मीले निर्देशन गरेका हुन्। फिल्ममा निर्माताका रुपमा गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ रहेका छन्।

नेपालभाषाको पौराणिक कथा उठान गरेको सिनेमामा मदनदास श्रेष्ठ, सविन शाक्य, नगीना जोशी, गणेश राम लाछी, राजेन्द्रमान शाक्य, अन्नपुर्णेश्वरी श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा हास्य कलाकार मदनकृष्ण श्रेष्ठले विशेष भुमिकामा देखिनेछन्।

फिल्मको चाँडै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell