PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

दरबारमार्गको क्लब प्लाटिनममा मध्यराति 'ग्याङ् फाइट' प्रकरणमा संलग्नहरुको 'स्क्यानिङ' गर्दै प्रहरी, किन भयो झडप?



पहिलोपोस्ट

दरबारमार्गको क्लब प्लाटिनममा मध्यराति 'ग्याङ् फाइट' प्रकरणमा संलग्नहरुको 'स्क्यानिङ' गर्दै प्रहरी, किन भयो झडप?
फोटो : क्लब प्लाटिनमको फेसबुक पेजबाट

काठमाडौं : दरबारमार्गमा रहेको क्लब प्लाटिनममा बुधवार मध्यराति ग्याङ फाइट हुँदा ६ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेकाले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बाँकी घाइतेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

घटनामा संलग्न भएका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

गएको मध्यराती क्लबमा दुई पक्षबिच झडप भएको थियो। क्लबमा खटिने बाउन्सरले समेत झडप नियन्त्रण गर्न नसकेपछि डिएसपीको नेतृत्वमा ठूलो सङ्ख्यामा प्रहरी क्लब पुगेको थियो। प्रहरी पुग्दा क्लबभित्र युवाहरु झगडा गरिरहेका थिए।

'कुन मान्छे कताको हो कुरा के हो केही थाहा थिएन। त्यहाँ पुग्दा एकले अर्कोलाई हान्ने गरिरहेका थिए। स्थिति नियन्त्रणमा लिँदा हाम्रो प्रहरीको लुगा समेत च्यातचुत भएका छन्,' एक प्रहरीले घटनाको जानकारी दिंदै सुनाए।

प्रहरीले झडपको केही समयपछि केही मानिसलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि केहीलाई 'स्क्यानिङ' गरेर संलग्न नभएकालाई छोडिदिएको थियो। घटनामा संलग्न अरुको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए।

घटना केही समयअगाडि दुई समुहबिचको 'इगो'को कारणले भएको खुलेको छ। घटना गराउन क्लबमा एकैपटक बाहिरका २५/ २६ जना युवाहरु प्रवेश गरेको प्रहरीलाई जानकारी समेत आएको छ। प्रहरीले घटनाको पुष्टि गर्न अनुसन्धान गरिरहेको छ।

गत असारमा यही  क्लबमा एक व्यक्तिमाथि कुटपिट भएको थियो। प्रतिकभाष्कर सिंहलाई गुण्डा नाइके कुलध्वज लामाले कुटपिट गरेको आरोप लागेको थियो। प्रहरीले लामालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell