PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति, अब विमानस्थलबाटै पक्राउ गर्न सक्ने



पहिलोपोस्ट

सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति, अब विमानस्थलबाटै पक्राउ गर्न सक्ने

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जीको लागि जिल्ला अदालत काठमाडौंमा माग गरेको थियो। अदालतले आज लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। 

लामिछानेविरुद्ध मंगलबार महानगरीय प्रहरी वृत गौशालमा जबरजस्ती करणीमा उजुरी परेको थियो। लामिछानेले १७ वर्षीय किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा परेपछि अनुसन्धान सुरु भएको थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीमा परेको उजुरीअनुसार दिउँसो लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। फर्किएर गौशालाको एक होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटेलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण संकलन गरिसेको छ।

स्याङजा घर भएका लामिछाने हाल बुढानीलकण्ठमा बस्दै आएका छन्। अहिले भने लामिछाने लिग क्रिकेट खेल्न क्यारेबियन राष्ट्र सेन्ट लुसियामा छन्। नेपाल क्रिकेट संघसँगको कुराकानीमा सन्दीपले भने आफ्नो बचाउ गर्दै कानुनी सहायता माग गरेका थिए। यस्तै, लिग सकेपछि मात्रै नेपाल फर्कने जानकारी दिएका थिए।

सन्दीपको टिमले अझै एक महिना लिग क्रिकेट खेल्ने कार्यतालिका छ। पक्राउ पुर्जी जारी भएको अवस्थामा सन्दीप नेपाल नफर्किए प्रहरीले इन्टरपोलको सहारामा उनलाई पक्राउ गरेर नेपाल ल्याउन सक्छ। यस्तै, उनी आफै नेपाल फर्किए विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिन सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell