PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

‘ब्रम्हास्त्र’ सेन्सर पास नभएको निहुँमा नेपाली फिल्मले पाएनन शो, निर्देशकको प्रश्न ‘कुन हलमा कुन समय फिल्म हेर्न जाने?’



पहिलोपोस्ट

‘ब्रम्हास्त्र’ सेन्सर पास नभएको निहुँमा नेपाली फिल्मले पाएनन शो, निर्देशकको प्रश्न ‘कुन हलमा कुन समय फिल्म हेर्न जाने?’

काठमाडौं : भोलि शुक्रवारबाट प्रदर्शन हुने फिल्म ‘ऐना झ्यालको पुतली’ अहिले चर्चामा छ। सोमवार भएको प्रिमियरमा पाएको प्रतिक्रियाबाट दंग थिए निर्देशक सुजित बिडारी। तर बिहिवारसम्म आफ्नो फिल्मले हलमा शो नपाउँदा सुजित निराश बनेका छन्।

चाबहिलस्थित एफ क्युब सिनेमाजबाहेक अरु कुनै पनि मल्टिप्लेक्स हलहरूलले यस फिल्मलाई शो दिएका छैनन्। अर्को फिल्म गोर्खालाई पनि शो दिइएको छैन। फिल्मका लागि अग्रिम टिकट पनि खुलाइएको छैन। हिन्दी फिल्म ‘ब्रम्हास्त्र’ सेन्सर पास नहुँदा नेपाली फिल्मले पनि शो नपाएका भन्दै बिडारीले दुखेसो पोखेका छन्।

‘फिल्म ऐना झ्यालको पुतलीलाई देखाउनु भएको सद्रभाव र यो त मेरै कथा हो भनेर दिनुभएको स्विकारोक्तिप्रति कृतज्ञ छौँ। तर भावनात्मक कुरा गरेर फिल्म चल्दैन। फिल्म चल्नका लागि दर्शक हलसम्म पुग्नुपर्छ। अवस्था यस्तो छ कि, एउटा हिन्दी फिल्मको सेन्सर नभएको कारणले हामीले भोली रिलिज हुँदै गरेको हाम्रो फिल्मको शो समय अहिलेसम्म पाउन सकिरहेका छैनौँ।’ उनले लेखेका छन्।

शो नपाएपछि निर्देशक बिडारीले ‘म कुन हलमा कुन समय फिल्म हेर्न जाने?’ भन्दै प्रश्न समेत गरेका छन्। उनको यो स्टाट्ससँगै सामाजिक सञ्जालमा हलहरूको चर्को आलोचना भइरहेको छ।

यसैबिच, नेपाल निर्देशक चलचित्र समाजले एक प्रेस विज्ञप्ति निकाल्दै नेपाली चलचित्रहरुको अग्रिम टिकट बुकिङ खुल्ला नगरेको विषयमा आपत्ती जनाएको छ।

‘नेपालका सिनेमाहलहरुले हिन्दी फिल्मको सेन्सर नभएको भन्दै विभिन्न कारण देखाउँदै भोलिदेखि रिलिज हुने नेपाली फिल्महरुको टिकट बुकिङ खुल्ला गर्न ढिलाई गर्नु खेदजनक छ। सबैभरि नेपाली फिल्ममाथि विदेशी फिल्महरूको दबाबमा राख्ने प्रवृतिको हामी घोर भत्सर्ना गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell