PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

सम्मानजनक ढंगले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : उपेन्द्र यादव



रासस

सम्मानजनक ढंगले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : उपेन्द्र यादव
फाइल फोटो।

पर्सा : जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन्।

मधेश प्रदेश सरकारले स्थापना गरेको मधेश विश्वविद्यालयको आज वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबिच गठबन्धनको कुनै औचित्व नरहने बताए।

उनले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्षनेताहरूबिच छलफल चलिरहेको समेत जानकारी दिए। सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने अध्यक्ष यादवले बताए। सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सिट बाँडफाँटको विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री तथा मधेश विश्वविद्यलायका कुलपति लालबाबु राउत, नेपाल सरकारका वनमन्त्री प्रदीप यादव, विश्वविद्यालयका सहकुलपति तथा प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह, मधेश विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक शाक्य, विभिन्न विश्वविद्यालयका उपकुलपति, समाजसेवी तथा राजनीतिक दलका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell