PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

‘हिउँको पृथ्वीयात्रा’ नाटक भदौ २४ गतेदेखि विराटनगरमा मञ्चन हुँदै



पहिलोपोस्ट

 ‘हिउँको पृथ्वीयात्रा’ नाटक भदौ २४ गतेदेखि विराटनगरमा मञ्चन हुँदै
तस्विर : शिल्पी थिएटर

विराटनगर : शिल्पी थिएटर ‘हिउँको पृथ्वीयात्रा’ नाटक लिएर विराटनगर आइपुगेको छ। विराटनगरको आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा यो नाटक भदौ २४ देखि २६ सम्म ३ दिन मञ्चन गरिनेछ।

शिल्पीका निर्देशक घिमिरे युवराजका अनुसार भदौ २५ गते नाटकका २ वटा शो हुनेछन्। तीन दिनमा ४ पटक मञ्चन गरिने कार्यक्रम छ।

यसअघि यही नाटक काठमाडौँ र पोखरामा मञ्चन गरिसकिएको छ।

निर्देशक युवराजले नाटकमा नदीका कथा, व्यथा, रोमाञ्चकता र चुनौती समावेश गरिएको बताए।

उनले भने, ‘हिमालयमा हिउँको अवस्थादेखि समुद्रसम्म पुग्दा नदीले भोगेको जीवन यसमा समाविष्ट गरेका छौँ।’

उनले यो नाटक नाट्यघरका अतिरिक्त चौतारो, डबली, चउर लगायतका कुनै पनि खुला स्थानमा मञ्चन गर्न सकिने जानकारी दिए।

उनले शिल्पीले नाटक मञ्चनका लागि मुक्त रङ्गमञ्चको अवधारणा ल्याएको उल्लेख गर्दै समाजले सार्वजनिक खुला ठाउँलाई सृजनात्मक कार्यका लागि छुट्याउनु पर्ने धारणा राखे।

नाटकको लेखन तथा निर्देशन घिमिरे युवराज र शेख अमजद प्रवेशले संयुक्त रूपमा गरेका हुन । नाटकमा ९ कलाकारले प्रत्यक्ष अभिनय गरेका छन्। तीन जनाले लाइभ म्युजिक दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell