PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन



पहिलोपोस्ट

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ। बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी एलिजाबेथको ९६ वर्षको उमेरमा बाल्मोरमा निधन भएको हो।

बकिंघम दरबारले ७० वर्षसम्म बेलायत राजसंस्थाको नेतृत्व गरेकी एलिजाबेथ द्वितीयको निधन भएको घोषणा गरेको हो। उनी सन् १९५२ मा बेलायतकी महारानी बनेकी थिइन्।

उनको निधनसँगै जेठा छोरा चार्ल्स अब बेलायतका राजा बनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell