PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

अब बेलायतमा गुञ्जिनेछ 'गड सेभ दी किङ', नयाँ राजा बने चार्ल्स तृतीय



पहिलोपोस्ट

अब बेलायतमा गुञ्जिनेछ 'गड सेभ दी किङ', नयाँ राजा बने चार्ल्स तृतीय

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ। बकिंघम दरबारको यो घोषणासँगै एलिजाबेथकी जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन्

गद्दी सम्हालेसँगै ७३ वर्षीय चार्ल्स ‘किङ चार्ल्स तृतीय’ कहलिनेछन्। राजा बनेपछि चार्ल्सले गरेको पहिलो निर्णय यही हो। उनले चार्ल्स, फिलिप, आर्थर र जर्जबाट कुनै पनि नाम राख्न सक्थे।  

राजा चार्ल्सले महारानी एलिजाबेथको निधन ‘दु:ख क्षण’ भएको भन्दै उनको अभाव देशभर अनुभव हुने बताएका छन्। ‘संसार भरका मानिसले उनको अभाव महसुस गर्नेछन्,’ राजा चार्ल्सले विज्ञप्तिमा भनेका छन्।

शनिवार चार्ल्सलाई आधिकारिक रुपमा राजा घोषणा गरिनेछ। लन्डनको सेन्ट जेम्स प्यालेसमा यो समारोह हुन्छ। सो कार्यक्रममा करिब ७०० जना सहभागी हुन सक्ने जनाइएको छ।

पहिलो बैठकमा लर्ड प्रेसिडेन्ट अफ दी प्रिभी काउन्सिलले महारानी एलिजाबेथको निधनको घोषणा गर्नेछन्। त्यो घोषणामा प्रधानमन्त्री लिज ट्रस लगायतले हस्ताक्षर गर्नेछन्।

त्यसपछि राजा चार्ल्स दोस्रो बैठकमा सहभागी हुनेछन्। त्यहाँ नयाँ राजाले चर्च अफ स्कटल्याण्डको संरक्षण गर्ने घोषणा गर्नेछन्। त्यसपछि राजा चार्ल्सलाई बेलायतको नयाँ राजा घोषणा गरिनेछ।

चार्ल्सले भन्नेछन् : गड सेभ दी किङ। र, सन् १९५२ पछि पहिलोपटक बेलायतको राष्ट्र गानमा ‘गड सेभ दी किङ’ शब्द सहित राष्ट्र गान गुञ्जिनेछ। यसअघि बेलायतको राष्ट्रगानमा ‘गड सेभ दी क्विन’ हुन्थ्यो।

चार्ल्सले राजाको रुपमा श्रीपेच लगाएर राज्यभिषेक गर्न भने केही समय लाग्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell