PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

चितवनको दाना उद्योगमा आगोलागी, करिब दुई घण्टापछि आगो नियन्त्रणमा



पहिलोपोस्ट

चितवनको दाना उद्योगमा आगोलागी, करिब दुई घण्टापछि आगो नियन्त्रणमा

काठमाडौंः आज बिहान चितवनको एक दाना उद्योगमा आगलागी भएको छ।

बिहान पौने २ बजेतिर राप्ती नगरपालिका ३ झुरझुरेस्थित किरण वलिको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना गोदाममा आगलागी भएको चितवन जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरी अधिकारीले जानकारी दिए।

आगलागी भएको जानकारी आएको करिब एक घण्टामा आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको थियो। आगलागीबाट दाना बनाउन प्रयोग हुने मेसिन, बिजुलिका सामान, गोदाममा  भएको दाना लगाएतमा क्षती भएको प्रहरीले जानकारी दिएको छ। गोदाम धनीको दावी अनुसार करिब एक करोड पचास लाख बराबरको क्षति भएको भएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell