PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

आरोपहरुलाई 'निराधार' भन्दै सन्दीपले भने : चाँडै नेपाल फर्किनेछु



पहिलोपोस्ट

आरोपहरुलाई 'निराधार' भन्दै सन्दीपले भने : चाँडै नेपाल फर्किनेछु

काठमाडौं : नाबालिग माथि जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामाछानेले आफू चाँडै नेपाल फर्कने जनाएका छन्। हाल क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा रहेका सन्दीपले आज सामाजिक संजालमा नेपाल फर्कने बताएका हुन्।

आफू निर्दोष रहेको दाबी गर्दै उनले लिग छाडेर नेपाल आउने र कानुन बमोजमिम प्रक्रियामा सहभागी हुने बताएका छन्। उनले आफूमाथि लागेका आरोपहरु निराधार भएको भन्दै कानुन सबैका लागि समान हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

एक नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा सन्दीपमाथि उजुरी परेको थियो। त्यसपछि प्रहरीले अनुसन्धानको दायरा बढाउँदै सन्दीपविरुद्ध पक्राउ पुर्जीसमेत लिइसकेको छ। यस्तै, नेपाल क्रिकेट संघले नेपाली राष्ट्रीय टोलीका कप्तान समेत रहेका सन्दीपलाई निलम्बन पनि गरेको छ।

पक्राउ पुर्जी लिइसकेको प्रहरीले सन्दीपलाई अब विमानस्थलबाटै नियन्त्रणमा लिनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell