PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

वैदेशिक रोजगारीमा गएका नेपालीले आइपीओमा १० प्रतिशत आरक्षण कोटा पाउने



पहिलोपोस्ट

वैदेशिक रोजगारीमा गएका नेपालीले आइपीओमा १० प्रतिशत आरक्षण कोटा पाउने

काठमाडौंंःवैदेशिक रोजगारीमा गएका नेपालीले अबदेखि प्राथमिक सेयर निष्कासन(आइपीओ)मा १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन्।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लाई पाँचौ पटक संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आइपीओमा आरक्षण दिने व्यवस्था गरेको हो। बोर्डले आइपीओमा सर्वसाधरणले पाउँदै आएको ३० प्रतिशतबाटै १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको हो। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले मात्र आरक्षण सेयर पाउनेछन्।

हालको व्यवस्था अनुसार आइपिओ जारी गर्दा संगठित संस्थाले जारी पुँजीको १० प्रतिशत आयोजना प्रभावितलाई छुट्याउने गर्छन्। जारी पुँजीको सानो अंश कम्पनीका कर्मचारीले समेत पाउने गरेका छन्। यस बाहेक सर्वसाधरणलाई जारी हुने कुल सेयरको ५ प्रतिशत म्युचुअल फन्डहरुलाई आरक्षित हुने गरेको छ।

यो व्यवस्था लागु भए लगत्तै सर्वसाधरणको हिस्साबाट १५ प्रतिशत निश्चित आरक्षणको सेयर हुनेछ। बाँकीमा मात्र सर्वसाधरणले आवेदन दिन सक्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell