PahiloPost

Jan 21, 2026 | ८ माघ २०८२

'हाथु हायेकेगु' : श्वेत भैरवको मुखबाट प्रसाद खान हरेक राति युवाबिच तछाडमछाड

'हाथु हायेकेगु' : श्वेत भैरवको मुखबाट प्रसाद खान हरेक राति युवाबिच तछाडमछाड

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : आज इन्द्रजात्राको तेस्रो दिन। वसन्तपुर दरबार क्षेत्रबाट आज जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथयात्रा हुन्छ।

 बुधवार हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिं ठड्याएसँगै विधिवत् रुपमा (इन्द्रजात्रा) सुरु भएको थियो। सो दिनदेखि नै  हनुमानढोकामा रहेको हाथुद्यः (श्वेत भैरव) को मुखबाट प्रसाद (जाँड) र समयबजी वितरण गरिँदैछ। यसलाई नेपालभाषामा 'हाथु हायेकेगु' भनिन्छ।

बिहीवार राति पनि प्रसादका लागि ठूलो संख्यामा किशोरहरु हनुमानढोकामा उपस्थित थिए।  इन्द्रजात्राका आठै दिन यो देवताको मूर्तिको मुखबाट निकालिएको पाइपबाट जाँडको प्रसाद बगाएर बाँडिन्छ।

झन्डै १५ फिट अग्लो अनुहारमात्रैभएको हाथुद्यःलाई नेपालकै सबैभन्दा ठूलो अनुहार भएको देउताको मूर्तिका रुपमा पनि लिइन्छ। खासमा यो सेतो पत्थरले बनेको मूर्ति हो। अहिले भने यसलाई सुनले मोडिएको छ। राजा रणबहादुर शाहले यो मूर्तिमा सुनले मोड्‌न लगाएका हुन्। ध्यानले हेर्ने हो भने यसको भित्र रहेको पत्थरको मूर्ति देख्न सकिन्छ।

इन्द्रजात्राको पूर्णिमाको भोलिपल्ट महिलालाई मात्र यसमा सहभागी गराइन्छ। यसपटक भदौ २६ गते भने महिलाहरुलाई मात्र श्वेत भैरवको मुखबाट प्रसाद गरिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell