PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

जब रोकियो इतिहास : तस्विरमा महारानी एलिजाबेथको शासनकाल

जब रोकियो इतिहास : तस्विरमा महारानी एलिजाबेथको शासनकाल

पहिलोपोस्ट /पहिलोपोस्ट


बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बाल्मोरमा निधन भएको छ।

बकिंघम दरबारले ७० वर्षसम्म बेलायत राजसंस्थाको नेतृत्व गरेकी एलिजाबेथ द्वितीयको निधन भएको घोषणा गरेको हो। उनी सन् १९५२ मा बेलायतकी महारानी बनेकी थिइन्। उनको निधनसँगै इतिहास रोकिएको बेलायती विश्लेषकले टिप्पणी गरेका छन्।

उनको निधनसँगै जेठा छोरा चार्ल्स अब बेलायतका राजा बनेका छन्। ७० वर्ष राजगद्दीमा रहेकी एलिजाबेथको निधनसँगै बेलायतमा राजसंस्थाको नेतृत्वमात्रै परिवर्तन भएको छैन।

अब बेलायतको राष्ट्रगानदेखि नगदसमेत परिवर्तन हुनेछ। बेलायतमा सबैभन्दा लामो शासन गरेकी एलिजबेथको ‘तस्विर’ त्यहाँका नागरिकका लागि जीवनशैली नै बनिसकेको थियो। ‘गड सेभ दी क्विन’ भनेर राष्ट्रगानमा होस् या नोटहरुमा। जहाँ त्यहीँ एलिजाबेथ हुन्थिन्। ७० वर्षपछि अब सबै परिवर्तन हुनेछ।

महारानी एलिजाबेथले आफ्नो जीवन ‘स्पटलाइट’मा बिताइन्। बच्चादेखि उत्तराधिकारीसम्म बेलायतको सबैभन्दा लामो शासन गर्ने उनको जीवनकाललाई फर्केर हेर्दा :

Photos: GETTY IMAGES/AFP/PA MEDIA/ALAMY



ट्रेन्डिङ पोस्ट

Ncell