PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

सुरु भयो किताब जात्रा : प्रेम साहित्य सम्मान ध्रुव चन्द्रलाई, 'सत्यमोहन जोशी' बेस्ट सेलर



पहिलोपोस्ट

सुरु भयो किताब जात्रा : प्रेम साहित्य सम्मान ध्रुव चन्द्रलाई, 'सत्यमोहन जोशी' बेस्ट सेलर

काठमाडौं : किताब जात्राको पाचौं सस्करण सुरु भएको छ। आजबाट राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको कार्यक्रम भोलि शनिबारसम्म चल्नेछ।

किताब जात्रा २०७९ को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन्।

यस वर्षको किताब जात्रामा आख्यानकार ध्रुव चन्द्र गौतमलाई प्रेम साहित्य सम्मान प्रदान गरिएको छ। भण्डारीले गौतमलाई सम्मानित गरेकी हुन्। सम्मान पाएपछि उनले आफूलाई निकै खुसी लागेको बताए।

यस्तै, यो वर्ष सर्वाधिक बिक्री भएको पुस्तकको रुपमा बेस्ट सेलर अवार्ड गिरिश गिरीको किताब 'सत्यमोहन जोशी' लाई प्रदान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले किताब जात्रा एउटा असल अभियान भएको बताइन। अन्तर्राष्ट्रिय क्षेत्रमा यस जात्राले नेपालको कला संस्कृतिलाई फैलाएको उनले बताइन्। यस्तो कार्यक्रमले पाठकमा पढ्ने शैली विकास हुने उनको मत थियो।

दुईदिन सम्म चल्ने किताब जात्रामा किताब विमोचनका साथै साहित्यका विभिन्न विषयमा अन्तक्रिर्या कार्यक्रमहरु हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell