1111_(1)1.jpg)
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको छ। शुक्रवार सुन्दरीजलमा पूर्व प्रधानमन्त्री विपी कोइरालाको १०९ औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै उनले ७० वर्षदेखि एउटा धारामा बगेको दलमा नविनता थपेर अघि बढाउन आवश्यक रहेको बताएका हुन्।
उनले विगतका कमी कमजोरीलाई आत्मलोचना गरि रुपान्तरित कांग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको समेत बताएका छन्। कांग्रेसलाई एकातिर बदलिएको बलियो कांग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताबिच कांग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको उनले बताए
'सहयात्रीलाई साथमा राखेर केवल निर्वाचनपछिको ५ वर्षको सरकारको कुरा मात्रै होइन, १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्छ। निर्वाचनको घोषणापत्र लेख्दा सबै पक्षलाई समेटेर लेख्नुपर्छ,' उनले भने।